कुकुरले टोक्दा सात वर्षिया बालिका सख्त घाइते

फिल्को मिसन

पुस ३०,२०७८
सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा एकजना बालिकालाई कुकुरले टोक्दा सख्त घाइते भएकी छन ।
शुक्रबार दिउँसो दुई बजे तिर सिमकोटस्थित सिम क्षेत्रमा आमासंगै हिडिरहेकी सात बर्षिय बिमारिया ऐडीलाई टाउको, अनुहार र शरीरका संवेदनशील भागमा कुकुरले टोक्दा गम्भीर घाइते भएकी छन्।घाईते ऐडी लाई जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
चंखेली गाउँपालिका–६ मेल्छामकी सात वर्षीया ऐडीलाई आमासँगै हिँडिरहेका बेला कुकुरले टोकेको हो। सँगै रहेकी आमासमेत छोरीको अवस्था देखेर बोल्न नसक्ने स्थितिमा पुगेकी थिइन । उनले कुुकुरले बालिकाको टाउको, अनुहार र शरीरका धेरै भागमा टोकेर बेहोस अवस्थामा अस्पतालमा पुराएको थियो ।
अहिले सिमकोटमा अध्ययन गर्दै आएकी घाईते ऐडीलाई प्राथमिक उपचार भईरहरहेको जिल्ला अस्पतालका सिनियर अनमी तथा निमित्त कार्यालय प्रमुख सरिता बोहराले बताइन् ।बालिकाकोे अनुहार, टाउको लगायत पुरै शरिर भरी टोकेर प्वाल पारेको जटील अबस्था रहेको निमित्त प्रमुख बोहराले बताईन । जिल्ला अस्पतालमा भर्ना भएपनि जटील अबस्था हुँदा जिल्लामा उपचार सम्भव नभएको जिल्ला बाहिर लग्नु पर्ने अबस्था आएको बताउनु भयो । खाद्यन्न ढुवानी गरिरहेको हवाई जहाज सिताले लिन नमानेपछि घाईते ऐडी लाई उपचारको लागि हेलिकप्टरको पहल भईरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस