सत्तारुढ दलहरूको जिल्लास्तरीय संयन्त्र बन्यो

फिल्को मिसन

पुस ३०,२०७८
हुम्ला । केन्द्रमा सत्ता गठबन्धन अनुसार जिल्लामा पनि जिल्लास्तरीय साझा संयन्त्र गठन गरेको छ ।
जिल्लामा सत्ता गठबन्धन दलको बैठकले माओवादी केन्द्रका केन्द्रीय सदस्य विजय भण्डारीको संयोजकत्वमा नौ सदस्यीय जिल्लास्तरीय साझा संयन्त्र गठन गरिएको छ । जसमा कांग्रेसबाट पार्टी सभापति मोहनबिक्रम सिंह र उपसभापति बशन्त रोकाया, माओवादीबाट जिल्ला अध्यक्ष लालकेश जैसी, नेकपा एकीकृत समाजवादीबाट केन्द्रीय सदस्य लोकबहादुर हमाल, कर्णबहादुर रोकाया, जनता समाजवादी पार्टीबाट जिल्ला अध्यक्ष धर्मराज बोहरा र सचिव भैरवबहादुर शाही र राष्ट्रिय जनमोर्चाबाट जिल्ला अध्यक्ष बल भण्डारी चयन गरेको छ ।
संयन्त्र गठनसँगै आउँदो माघ १२ गते सम्पन्न हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनका लागि केन्द्रीय गठबन्धन अनुसार जिल्लामा लाग्ने र आफ्ना मतदातालाई त्यहीअनुसार सहजीकरण गर्ने निर्णय बैठकले निणर्य गरेको उपसभापति बशन्त रोकायाले जानकारी दिनु भयो । यसका लागि पुस मसान्तभित्र जिल्लास्तरीय साझा संयन्त्र गठन गर्न कर्णाली प्रदेशस्तरीय संयन्त्रले पत्राचार गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस