सुनिल शर्मालाई सिंहदरबारभित्रै विद्यार्थी नेताले दले कालोमोसो

फिल्को मिसन

पुस ३०,२०७८
कामठाडौं । नोवेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मामाथि कालोमोसो दलिएको छ । एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले शर्मालाई कालोमोसो दलेको हो । अनेरास्ववियुका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वम गएको टोलीले उनीमाथि कालोमोसो दलेको हो । कालोमोसो दल्ने श्रेष्ठ र पुनलाई प्रहरीले गिरफ्तार गरेको छ । अनेरास्वियुले तत्काल उनीहरूको रिहाइको माग गरेका छन् ।यस्तै प्रहरीले शर्मालाई दुर्व्यवहार गरेको आरोपमा ५ विद्यार्थी नेतालाई पक्राउ गरेको छ । नेकपा एसनिकटको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले उपमहासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुन पक्राउ परेको छ ।

प्रतिक्रिया दिनुहोस