हुम्लामा सुत्केरी महिलाको ज्यान गयो
माघ१,२०७८
सिमकोट । हुम्लाको अदानचुली गाउँपालिका वडानं ५ एक जना सुत्केरी महिलाको ज्यान गएको छ । अदानचुली गाउँपालिका वडानं ५का गोर्ख छत्यालकी श्रीमती करीब ३५ वर्षीय गौउगरा छत्यालको सुत्केरी हुनेक्रममा बिहीबार बिहान मृत्यु भएको छ ।
केहि दिनदेखि सुत्केरी व्यथा लागेर स्थानीय स्वास्थ्य इकाइ नभपछि शिशुको जन्म दिए पश्चात् ज्यान गएको हो । शिशुको अवस्था भने सामान्य रहेको बताइएको छ । समयमै उपचार नपाउदा ग्रामिण भेगका सुत्केरी महिलाहरुले अकालमा ज्यान गुमाउनु परेको छ । समयमै स्वास्थ्यको चेकजाच गर्न स्वास्थ्य चौकी वर्थिङ्ग सेन्टर र उपकरणहरु नभएपछि उनको ज्यान गएको हो ।