कोरोना नियन्त्रणमा सबै एक भएर लागौँ : प्रधानमन्त्री

फिल्को मिसन

माघ १,२०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।शनिबार प्रमुख प्रतिपक्ष नेकपा एमालेले कोभिड नियन्त्रणका विषयमा बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले सबै मिलेर कोरोनाको तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताएका हुन् ।

सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सफल हुनसक्ने देउवाको विश्वास छ। कोरोनाको खोपको व्यवस्थापन गरेको बताउँदै सबै नागरिकलाई दुवै डोज खोप सरकारले तयारी गरिरहेको बताए

नेकपा एमाले उपाध्यक्ष नेता सुवास नेम्वाङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई कोभिड रोकथाम र उपचारका बारेमा ज्ञापनपत्र बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस