पाकिस्तानको सुरक्षा नीति सार्वजनिक, भारतको हिन्दुत्व पाकिस्तानका लागि खतरा

एजेन्सी

माघ १,२०७८

एजेन्सी ।पाकिस्तानले शुक्रबार आफ्नो पहिलो सुरक्षा नीति सार्वजनिक गरेको छ। ११० पृष्ठको सुरक्षा नीतिको ५० पृष्ठ मात्रै सार्वजनिक भएको छ। यस अवसरमा प्रधानमन्त्री इमरान खानले देशको आर्थिक स्वास्थ्य राम्रो नभएको बताएका छन्।

पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार ९एनएसए० मोइद युसुफले नीतिको फोकस आर्थिक सुरक्षाका माध्यमबाट जनताको सुरक्षा गर्नु रहेको बताए।

तर, युसुफले भारतको हिन्दुत्व पाकिस्तानका लागि खतरा भएको टिप्पणी गरेका छन्।

ुभारतमा राजनीतिक लाभका लागि जसरी कथित रूपमा उन्माद फैलाइएको छ, त्यो पाकिस्तानका लागि ठूलो डर हो। जम्मू(कश्मीरको मुद्दा दुई देशबीचको सम्बन्धको आधार बन्नेछु, युसुफले, ुकश्मीरमा पाकिस्तानको अडान पहिलेको जस्तै रहनेछ। यसमा कुनै परिवर्तन गरिएको छैन। भारतले कश्मीरलाई लिएर जे गरिरहेको छ त्यो विल्कुल ठिक छैन।ु

पाकिस्तानको सुरक्षा नीतिमा पनि कश्मीर एजेन्डामा रहने स्पष्ट उल्लेख गरिएको छ। पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार युसुफले पनि भारतसँग सम्पर्क बढाउने कुरा गरेका छन्। उनले दुई देशबीचको आर्थिक सम्बन्धलाई प्रगाढ बनाउनुपर्नेमा पनि जोड दिए।

इमरानले सुरक्षा नीतिलाई इतिहासमा पहिलोपटक लिइएको पहलका रूपमा प्रचार गर्दैछन्। यो राजनीतिक बाजी लगाएर इमरान पाकिस्तानी सेनाको अगाडि आफ्नो कद बढाउन चाहन्छन्। उनले भने, ‘अहिलेसम्म सरकारको पूर्ण ध्यान सेनामा नै रहेको छ। विगतका सरकारहरूले सुरक्षाको मुद्दाभन्दा बाहिरका लोककल्याणकारी योजना बनाउन सकेनन्।ु

प्रतिक्रिया दिनुहोस