ग्रिन जोन लाई राख्नको लागि हुम्लामा आठ बुँदे निर्णय

माघ १,२०७८
सिमकोट । ग्रिन जोनका रूपमा रहेको हुम्लालाई कोरोनाविरुद्ध सतर्कता अपनाउन आठ बुँदे निर्णय गरेको छ ।नेपालभरी तेस्रो ओमिक्रोन कोरोना भाइरसको त्रास बढिरहेका बेला जिल्लाका दुई वटा नाका र विमानस्थलमा रहेको हेल्पडेस्क राख्ने भएको छ ।
जिल्ला कोरोना व्यवस्थापन समितिको बैठक बसेर दुई वटा दक्षिणी क्षेत्रका सिमानामा जोडिएका मुगु जिल्लाको चंखेली गाउँपालिका–१ को रिमी,बाजुरा जिल्लासँग जोडिएको ताँजाकोट गाउँपालिकाको कवाडी र सिमकोट विमानस्थलमा हेल्पडेस्क स्थापना गर्ने भएको छ । सबै यात्रुको अनिवार्य कोरोना परीक्षण गर्ने निर्णय पनि गरेको छ ।
विश्वभर कोरोना संक्रमण बढिरहेका वेलामा जिल्लालाई बचाउने सबैले प्रयास गर्नु पर्ने समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यल बताउनु भयो । बैठकले माघ ७ गतेबाट सार्वजनिक निकायमा काम लिन आउने सेवाग्राहीले अनिवार्य खोप कार्डको व्यवस्था गर्नुपर्ने निर्णय पनि गरेको छ। कोरोनाविरुद्ध जनचेतान फैलाउन जिल्लाका सबै सञ्चार माध्यममार्फत सन्देश प्रवाह, गर्ने,सबै गाउँपालिकामा कम्तीमा पनि एउटा आइसोलेसन सेन्टर तयारी अवस्थामा राख्ने, केन्द्रको निर्णयअनुसार २५ जनाभन्दा बढी भेला गर्न नपाइने, गर्ने पर्ने भए सामाजिक दूरी कायम हुने व्यवस्था मिलाएर जिल्ला सुरक्षासंग समन्वयमा गर्ने, खाद्यान्न बिक्री गर्दा दुई मिटरको दूरी कायम गरेर बिक्री गर्ने, सार्वजनिक सवारी साधनमा अनिवार्य मास्क प्रयोग गर्न लगाउने र माघ १५ गतेसम्म विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरिएको बताए।
त्यसैगरी अस्पताल र आइसोलेसनमा पर्याप्त अक्सिजनको व्यवस्था गर्ने, प्रहरीको समन्वयमा सबै गाउँपालिकामा कोरोनाविरुद्ध सचेतनामूलक सन्देशसहित प्रचार प्रसार गर्ने,सबै गाउँपालिकामा स्वास्थ्य सामग्री, जनशक्ति, अक्सिजनको व्यवस्था मिलाउनुपर्ने निर्णय गरेको भएको प्रमुख जिल्ला अधिकारी आर्चाले बताए ।