मुख्यमन्त्री शाही : हुम्लामा खाद्यान्न छिटो भदा छिटो ढुवानी गर्न निर्देशन

माघ १,२०७८
सिमकोट । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्लामा छिटो खाद्यान्न ढुवानी गर्न निर्देशन दिएका छन्। ढुवानी ढिलाई गरेकोले जनताले खाद्यान्न नपाउने अवस्था देखिएपछि शनिबार मुख्यमन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन्।
मुख्यमन्त्रीले खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख (काठमाडौं)लाई हुम्लामा खाद्यान्न तत्काल ढुवानी गर्ने कार्यमा सबै हवाईजहाज कम्पनीसँग समन्वय गरेर छिटोभन्दा छिटो ढुवानी गर्न निर्देशन दिएको मुख्यमन्त्री सचिवालयले जानकारी दिएको छ।
ढुवानीको जिम्मा पाएको एयरकार्गोले सीता एयरलाई मात्र ढुवानीको जिम्मा दिँदा कम ढुवानी भएको भन्दै सबै जहाज लाई दिनु पर्ने मुख्य मन्त्री शाहीले भनाई छ । चालु आर्थिक वर्षका लागि हुम्लामा हालसम्म १ हजार २ सय क्विन्टल खाद्यान्न ढुवानी भएको छ। खाद्यान्न कोटा भने १० हजार छ।