माघे संक्रान्ति पर्वमा मास्क वितरण

फिल्को मिसन

माघ १ २०७८
सिमकोट । माघे संक्रान्ति मेलाको अवसर पारेर शनिबार विहान खार्पुनाथ गाउँपालिकामा रहेको खार्पु दोभानको शिवालयमा भक्तजनलाई मास्क वितरण गरेको छ ।कर्णाली कलाकार संस्था हुम्ला र राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल शाखा हुम्लाले स्नान तथा पुजापाठ गर्न गएका भक्तजनलाई मास्क वितरण गरेको छ ।
कलाकार संस्थाका जिल्ला अध्यक्ष मान बहादुर रावत र प्रतिष्ठान शाखा हुम्लाका जिल्ला अध्यक्ष नवराज भण्डारी सहित सोही संस्थामा आवद्ध कलाकारहरुले मास्क वितरण गरेको हो । शिवालयका अध्यक्ष हरिभक्त शाहीको सहर्कायमा ७ सय ३० वटा मास्क वितरण गरिएको प्रतिष्ठानका जिल्ला अध्यक्ष भण्डारीले बताए । माघे संक्रान्ति मेलामा भक्तजनहरुको बाक्लो उपस्थित हुनुका साथै भिडभाड बढी हुनेभएका कारण उनिहरुलाई मास्क वितरण गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस