हुम्लामा मापदण्ड विपरित मासु पसल सञ्चालन
माघ १,२०७८
सिमकोट । जब बार्षिक कार्याक्रम आउँछ तब बजार अनुगमन हुन्छ ।हुम्लाको सिमकोट बजारका मासु पसलमा अनुगमन तथा निरीक्षण गरिएको हुन्छ । सिमकोट बजारमा सञ्चालित अधिकांस मासु पसल सरकारले तोकेको मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ । सिमकोट गाउँपालिका स्थित माथिलो बजार तल्लो बजारका २१ वटा मासु पसलको अनुगमन गर्दा मापदण्ड विपरीत मासु पसल सञ्चालन गरेको पाइएको छ ।
शनिवार बिहान सिमकोट गाउँपालिका उपाध्यक्ष एवं बजार अनुगमन समितिका संयोजक बलि रावतको संयोजकत्वमा गएको टोलिले अधिकांस मासु पसलहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको भेटाएको छ ।
मासु पसलको अनुगमन गर्ने क्रममा सत्य तथ्य फेला परेको सिमकोट गाउँपालिका पशु स्वास्थ्य शाखाका प्राबिधिक सहायक बिष्णु बुमीले बताए । उनका अनुसार नेपाल सरकारले तोकेअनुसार जुन मापदण्ड हुनुपर्ने थियो, त्यो नपाएको उनले बताए । सकेसम्म सफा गर्न खोजेको भएपनि अधिकांश पसल दामदण्ड विपरित नै रहेको उनले बताए ।उनका अनुसार आफुले बार्षिक रुपमा करीव तीन पटक मासु पसलका लागि बजार अनुगमन गर्ने गरेका छौँ तर सधैँ त्यस्तै समस्या भेटिने गरेको बुमिले बताए ।
पशु बध गर्ने निश्चित स्थान नभएको, पसलमा मूल्यसूची नराखिएको, बधशालामा आवश्यक सबै सामग्री नराखिएको उनले बताए । उनका अनुसार सरकारले तोकेको निश्चित मापदण्ड अनुसार नपाएपछि मासु पसललाई सचेत गराइएको छ ।