थपिए ४ हजार ६ सयमा कोरोना पुष्टि, ४ जनाको मृत्यु

माघ १,२०७८
काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ४६ सय व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ५ सय ५६ जनाको परीक्षण गर्दा ४ हजार ६ सय ३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौँमा १ हजार ५ सय ९१ जना, ललितपुरमा ४ सय ८६ जना र भक्तपुरमा १ सय ४२ जना गरी काठमाडौँ उपत्यकामा मात्रै २ हजार २ सय १९ जना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५ सय ८४ पुगेको छ । गत २४ घण्टामा ३ सय ५० जना सङ्क्रमित निको हुँदा ४ जनाको भने मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौँ उपत्यकामा तीन जिल्लासहित १० जिल्ला कोरोनाको उच्च जोखिममा परेको पनि स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, कास्की, रुपन्देही, कैलाली, मोरङ र सुनसरी उच्च जोखिममा छन् ।