सरकारले तोक्यो भूमि आयोगको २८ जिल्लामा अध्यक्ष

फिल्को मिसन

माघ १,२०७८
काठमाडौँ ।सरकारले राष्ट्रिय भूमि आयोगका दलीय भागबन्को आधारमा सरकारले २८ वटा जिल्लामा अध्यक्ष तोकेको छ। सत्तारुढ दलका जिल्ला नेताहरुलाई आयोगको अध्यक्ष बनाइएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावअनुसार मन्त्रिपरिषद बैठकबाट पारित गराएर २८ जिल्लाका अध्यक्ष टुंगाइएको छ । २८ जिल्लाका अध्यक्षलाई शुक्रबार नियुक्तिपत्र थमाइएको छ ।
राष्ट्रिय भूमि आयोगको अध्यक्षमा केशव निरौला बनेका नियुक्त भएका थिए । कांग्रेसबाट निरौला अध्यक्ष बनेका थिए भने माओवादीको भागमा उपाध्यक्ष परेको थियो । आयोगको उपाध्यक्षमा नहेन्द्र खड्काले नियुक्ति पाएका थिए। केपी शर्मा ओली सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगलाई खारेज गरी वर्तमान सरकारले राष्ट्रिय भूमि आयोग बनाएको थियो । आयोगलाई भूमिहिन दलित तथा सुकुम्वासीलाई एकपटक जग्गा वितरण गर्ने क्षेत्राधिकार छ।

नियुक्ति पाएका जिल्ला अध्यक्षहरुः
ताप्लेजुङ– कृष्णकुमार बस्नेत
इलाम– भरत बहादुर खत्री
ओखलढुंगा– अशोककुमार कार्की
पाँचथर– दिनेशकुमार लावती
झापा– तिलकसिंह पाण्डे
सुनसरी– भगिरत खात्वे
भोजपुर– दिलकुमार राई
उदयपुर– बलबहादुर तामाङ
काभ्रे– हरिबहादुर केसी
धादिङ– कृष्णप्रसाद अर्याल
तनहुँ– रामचन्द्र अधिकारी
कास्की– गंगाप्रसाद पोखरेल
बागलुङ– धर्मबहादुर कुँवर
लमजुङ– दामोदर अधिकारी
रुपन्देही– हरिबहादुर आचार्य
अर्घाखाँची– यादव घिमिरे
गुल्मी– राम मल्ल ठकुरी
प्यूठान– इमानसिंह खड्का
सुर्खेत– श्रीधर पौडेल
दैलेख– नयराम थापा
डडेलधुरा– शेरबहादुर भण्डारी
कञ्चनपुर– देवेन्द्रराज ढुंगाना

प्रतिक्रिया दिनुहोस