प्रधानमन्त्री देउवा : सबै नागरिकलाई पूर्ण मात्राको खोप पाउने

फिल्को मिसन

माघ१,२०७८
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि सबै नागरिकलाई पूर्ण मात्राको खोप लगाइने बताएका छन् ।
शनिबार बालुवाटारमा स्वास्थ्यविज्ञहरुको छलफलका क्रममा प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि खोप नै अन्तिम विकल्प देखिएको भन्दै सबै नागरिकलाई पूर्ण मात्राको खोप दिइने बताएका हुन् । कोरोनाको नयाँ नयाँ भेरियन्ट आएका कारण विश्व समुदायकै लागि चुनौती देखिएकाले यसलाई सामना गर्ने सबै उपायहरुलाई अबलम्बन गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै प्रधानमन्त्री देउवाले अब आवश्यकताअनुसार बुष्टर खोप अभियानलाई अघि बढाइने समेत बताए । प्रधानमन्त्री देउवाले विज्ञ चिकित्सकको सुझावका आधारमा कोरोना नियन्त्रण र रोकथाम अभियानलाई थप प्रभावकारी बनाइने उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन धेरै सङ्क्रामक भएकाले आइसोलेसन र होल्डिङ सेन्टरका साथै कोरोना परीक्षणको दायरा बढाउन सरकारले काम गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस