आजदेखि अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिन सकिने

फिल्को मिसन

माघ २,२०७८ आइतबार
काठमाडौं । आजदेखि श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै लिन सकिने भएको छ । वैदेशिक रोजगारीमा जानको लागि चाहिने श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै दिने निर्णय गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
२०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट श्रम स्वीकृतिको काम भइरहेकोमा आजदेखि अनलाइनबाट मात्र श्रम स्वीकृतिको काम हुने भएको हो । श्रम स्वीकृतिको काम वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली एफईआईएमएसमार्फत अनलाइनबाट मात्रै हुने कार्यालयले जनाएको छ ।
अनलाइनमा कागजात जाँच गर्न समय लाग्ने भएकाले कम्तीमा तीन दिनअगाडि अनलाइन फाराम भर्न र श्रम स्वीकृति लिइसकेपछि मात्र हवाई टिकटको प्रबन्ध गर्न कार्यालयले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस