विद्युत प्राधिकरण हुम्लाले बिलिङ प्रणाली सुरु

माघ ३,२०७८ सोमबार
हुम्ला । आइतबार देखि नेपाल विधुत प्राधिकरण हिल्दुंग वितरण केन्द्र हुम्लाले नयाँ बिलिङ प्रणाली लागू गरेको छ ।
केन्द्रको प्रवाधन अनुसार हुम्ला जिल्लामा पनि अवदेखि डिजिटल रुपमा सेवा दिने भएको छ । आफ्नो सेवालाई डिजिटल रुपमा लागु गर्दे प्राधिकरण हुम्लाले बिलिङ सिस्टम लागू गरेको हो ।
सरकारले चालु आर्थिक वर्ष २०७७÷७८ को बजेटमार्फत १० युनिटमात्रै खपत गर्ने ग्राहकलाई पुरै शुल्क छुट तथा १५० युनिट र २५० युनिटसम्मको महसुलमा क्रमशः २५ र १५ प्रतिशत छुट घोषणा गरेको थियो । तर यो नयाँ विद्युत महसुलदर चालु आर्थिक वर्षको सुरुवातसँगै लागू गर्नुपर्ने भएकाले हुम्लाले माघ २गते देखिनै बिलिङ प्रणाली अपग्रेडको काम सुरु गरेको वितण केन्द्रका प्रमुख साजन ऐडीले बताउनु भयो ।
केन्द्रले नयाँ प्रविधि प्रयोगमा ल्याएपछि हातले बिल काट्नुपर्ने अब देखि झन्झट र फाइलको ढड्डा पल्टाउनुपर्ने समस्या अब देखि अन्तय भएको प्रमुख ऐडीले बताए । प्रविधिबाट कर्मचारी लाई र सेवाग्राही घण्टौं लाईनलाग्न अब देखि मुक्त भएको सेवाग्राही सर्जन रावले बताए । नयाँ प्रणालीले गर्दा पाँचै मिनेटमा महसुल भुक्तानी गरिएको बताए।
प्रविधिको प्रयोगबाट ग्राहकले छिटो, छरितो र सहज रुपमा विद्युतको महसुल तिर्न सहज भएको छ। एमपावर उद्घाटनको पहिलो दिनमै १५० जना सेवाग्राही लाई सेवा लिएका छन । पहिलो दिनमै १ लाख ७ हजार रुपैयाँ महसुल संकलन भएको छ ।
परम्परागत प्रणालीले गर्दा टाढाका ग्राहकले ५ सय विद्युतको शुक्ल तिर्न ८सय रुपैयाँ यातायात र खानाखर्च जोगिएको सेवाग्राही नबराज भण्डारीले बताए । नयाँ प्रविधि लागू भएपछि सेवाग्राहीको खर्चसमेत बचत भएको छ।