ठेक्का लिएकोे कम्पनीले समयमा ढुवानी गरेन, हुम्लामा चरम खाद्य संकट
माघ ३,२०७८ सोमबार
सिमकोट । चार महिना यता हुम्लामा खाद्यान्न चरम संकट भएको छ । ठेक्का लिएकोे कम्पनीले समयमै खाद्यान्न ढुवानी गर्न नसक्दा हुम्लाका बासिन्दाले भोकमरीको समस्या झेल्नुपरेको छ । खाद्यय संस्था शाँखाका प्रमुख कुष्ण प्रसाद अधिकारी अनुसार हालसम्म गोदामा १ हजार क्वीन्टल खाद्यन्न मात्र मौज्दात रहेको बताए । गएको शुक्रबारबाट सर्वसाधारणले पाउने कोटाको पचास प्रतिशत मात्र खाद्यन्न बिक्री गर्ने भनेपनि स्थानीयले विरोध जनाउँदा सिमकोट गाउँपालिका १ र २ नम्बर वडाका बासिन्दालाई मात्र चामल बिक्री गरेर रोकिनुपर्ने अबस्था आएको बताउनु भयो ।
सिम्रिका एयर कार्गो सर्भिसलाई हुम्लाको लागि खाद्ययन्न जिम्मा हवाई ढुवानीको जिम्मा पाएको अहिले सम्म एक हजार दुई सय कुइन्टल चामाल ढुवानी गरेको शाँखा प्रमुख अधिकारीले गुनोस पोख्नु भयो । तिनै वटा गाउँपालिका नागरिक लाई र बजारबासी लाई कसरी चामल पुराउने आफुलाई चिन्तीत भएको बताए ।
खाद्ययन्न व्यस्थापन समितीको अध्यक्ष तथा हुम्ला जिल्ला समन्वय प्रमुख दान बहादुर रावतले ‘अहिलेसम्म ५० प्रतिशतभन्दा बढी खाद्यन्न ढुवानी गरिसक्नुपर्नेम बताउनुभयो ।’ तर स्वीकृत बार्षिक कोटा १० हजार क्वीन्टल चामल निर्धारण गरिपनि ठेक्कादारले लार्पावाहि गर्दा हुम्लामा खाद्यन्न समस्या भएको बताए । अहिले सम्म दैनिक सिता एयरले दुईदेखि तीन पटक खाद्यन्न ढुवानी गरेको छ । हुम्लाको सदरमुकामा सिमकोटमा खाद्यन्न चरम अभाव भएपछि चामल ढुवानी तीब्रता कसरी दिने बिषयमा सर्वपक्षीय बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ध्यानाकर्षण गराएको छ ।
पैदल मार्ग र हवाई मार्गबाट खाद्यन्न ढुवानी कार्य ढिलाई हुँदा जनतालाई बिक्री वितरणमा समस्या देखिएपछि भन्दै खाद्यन्न वितरण रोक लगाएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले बताउनु भयो ।
आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जनप्रतिनिधि, राजनीतिक दल लगायतको सर्वपक्षीय बैठकले लिमिटेडको खाद्यन्न निक्कै ढिलाई गरेको बिषय लाई लिएर ढुवानी कार्यलाई तीब्रता दिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ध्यानाकर्षण गराएकोे प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।
प्रजिअ आचार्यले गतिलो किसिमले खाद्यन्न ढुवानी हुन नसकेका कारण चार महिनादेखि जनतालाई खाद्यन्न बिक्री गर्न नसकिएको बताए।
हुम्लामा भएको सर्वदलिय बैठकले निणर्य अनुसार सभासद छक्क बहादुर लामा र जिल्ला समन्वय प्रमुख दानबहादुर रावत काठमाडौंमै रहेकोले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय कहाँ खाद्यन्नको विषयलाई लिएर डेलिगेशन भएको बताए ।
२०७८÷०८९आ.व.स्वीकृत बार्षिक कोटा चामल एक चौमासिक ३३सय कुईन्टल आउनु पर्नेमा अहिले सम्म १२सय कुइन्टल चामाल मात्र सिम्रिका एयर कार्गो सर्भिसले ढुवानी गरेको खुल्न आएको छ । हुम्लामा छ महिना यता स्थलबाट २१ कुइन्टल र हवाईमार्गाबाट ५सय कुइन्टल खाद्यय संस्थान डिपोमा जम्मा भएको देखिन्छ ।
खाद्यन्न ढुवानीको जिम्मा पाएर पनि चाँडो ढुवानीको व्यवस्था गर्न नसक्दा जनताले खाद्यन्न समस्या परेको छ । यसअघि कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्लामा खाद्यान्न चाँडो ढुवानी गर्ने व्यवस्था गर्न लिमिटेडलाई निर्देशन दिएका थिए।