जनकपुर कायम प्रदेश २ को राजधानी

फिल्को मिसन

माघ ३,२०७८सोेमबार
जनकपुरधाम । प्रदेश २को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ ।सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका छन् । सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइ भन्दा बढी मत रहेको भन्दै प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा गरेका छन ।

प्रतिक्रिया दिनुहोस