छाडा कुकुर व्यवस्थापन गर्न सिडीओसँग माग
माघ ३,२०७८ सोमबार
हुम्ला । सिमकोट बजारका विभिन्न चोक, गल्ली, रानी वन क्षेत्रमा र टोलमा छाडा कुकुर छरपस्ट हुँदा व्यवस्थान गर्नेको लागि प्रमुख जिल्ला अधिकारी संग माग राखेका छन ।
जथाभावी छोडिएका कुकुर व्यवस्थापन गर्न माग गर्दै सिमकोटका महिलाहरु प्रशास कार्यालयमा पुगेका थिए ।
छाडा कुकुरको सङ्ख्या बढ्दै गएका कारणले पैदलयात्री हैरानी खेप्न बाध्य भएपछि सर्वसाधारण डेलिकेशन गर्न आएको सिमकोट गाउँपालिका ६का टेके राकायोले माग राखेका छन ।
शुक्रबार एक ७ वर्षीया बालिकालाई रानीवन क्षेत्रमा कुकुरले टोक्दा घाइते भएकी थिइन्। जिल्लामा ती बालिकाको उपचार हुन नसक्दा उपचारका लागि काठमाडौँ पठाइएको छ ।
छाडा कुकुरका कारण बजारका सर्वसाधरण समेत समस्यामा पारेको गुनासो छ । ‘छाडा कुकुरले जथाभावी मानिसलाई टोक्ने गरेपछि त्यसको व्यवस्थापनका लागि पहल गरिने प्रमुख जिल्ला अधिकारी गणेश आचार्याले आश्वसन दिनु भयो ।
अरु जिल्लामा व्यवस्थापनसहित विभिन्न अभियान चलिरहेको भए पनि हुम्लामा अहिले सम्म छाडा कुकुर व्यवस्थापन गर्ननसेको डेलिगेशन गएकी महिलाहरुले गुनासो पोखेका छन ।