विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना

फिल्को मिसन

माघ ३,२०७८ सोमबार
सिमकोट । हुम्लाको सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएको छ ।सोमबार बिहानबाट सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा हेल्थडेस्क स्थापना गरिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश आर्चायको संयोजकत्वमा बसेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेकोले स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिनु भयो । उहाँले सिमकोटबाट बाहिरिने र भित्रिने सबै यात्रुहरुको तीन पुस्ते विवरण लिने र स्वास्थ्य चेकजाँच गर्ने कार्य सुरु भएको बताए। यसका लागि दुई जना स्वास्थ्यकर्मी खटाइएको पनि बताए । उनले अब चाँडै पैदल मार्गबाट जिल्ला भित्रिने दुई वटा नाका चंखेली गाउँपालिका– १ को मिमी र ताँजाकोट गाउँपालिका–१ को कवाडीमा पनि गाउँपालिकाको समन्वयमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापनाको तयारी भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस