एकै दिनमा हुम्लामा १४० क्वीन्टल खाद्यन्न ढुवानी

फिल्को मिसन

२०७८माघ ४
सिमकोट । हुम्लामा खाद्यान्न चरम संकट भएको विभिन्न सन्चारमाध्यम बाहिर आएलगतै एकै दिनमा १४० क्वीन्टल खाद्यन्न ढुवानी गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्ण प्रसाद अधिकारीले खाद्यन्न ढुवानी गर्ने जिम्मा पाएको सीता एयरले एकैदिनमा १ सय४० क्वीन्टलभन्दा बढी खाद्यन्न ढुवानी बताए । उनले दुई जहाज सञ्चालनमा आएपछि एकैदिन अहिले सम्मकै बढी ढुवानी भएको जानकारी दिए।
यसअघि सीता एयरको एउटा मात्र जहाज सञ्चालन हुँदा खाद्यन्न ढुवानी ढिलो भएको भन्दै सबैतिर चर्को विरोध हुने गरेको थियो। आज नेपालगञ्जबाट ३० क्वीन्टल खाद्यन्न ढुवानी भएको हो भने बाँकी सुर्खेत बाट ढुवानी भएको हो।
सोमबारसम्म सीताको एउटा जहाजले मात्र खाद्यन्न ढुवानी गर्दा १ हजार २ सय क्वीन्टल खाद्यन्न शाखामा भित्रिएको थियो । यसवर्ष हुम्लाका लागि ४ हजार क्वीन्टल खाद्यन्न नेपालगञ्जमा र ६ हजार क्वीन्टल खाद्यन्न सुर्खेतमा हवाई मार्गबाट ढुवानीका लागि कोटा निर्धारण भएको छ।

प्रतिक्रिया दिनुहोस