मधेश प्रदेशमा भोली पनि सार्वजनिक बिदा

माघ ४,२०७८ सोमबार
जनकपुरधाम । मधेश प्रदेश सरकारले भोली पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तय भएको खुसियालिमा आज बिदा दिएको प्रदेश सरकारले भोली पनि सार्वजनिक बिदा दिएको हो ।
भोली मधेश बलिदानी दिवसको अवसर पारेर प्रदेश सरकारले यसअघि नै सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो । २०६३ साल माघ ५ गतेबाट शुरु भएको मधेश आन्दोलनको स्मरण गर्दै प्रदेश सरकारले यो दिन सार्वजनिक बिदा दिंदै आएको छ । यो दिवसमा मधेश आन्दोलनमा शहीद भएका ५७ जनाको परिवारलाई ३ लाखका दरले नगद वितरण गर्ने प्रदेश सरकारले जनाएको छ ।