हुम्ली यात्रुद्धार नेपाल एयरलाइन्स कार्यालयमा तालाबन्दी

फिल्को मिसन

माघ ५,२०७८
नेपालगन्ज ।नेपाल वायु सेवा निगमको नेपालगंजमा रहेको क्षेत्रीय कार्यालयमा हुम्लाका यात्रुहरुले ताला लगाएका छन् ।
बिहान ११ बजेसम्म सिमकोटका लागि यात्रु उडान भर्ने भनेर विमानस्थलको डिपार्चर हलमा राखेर अन्तमा फिर्ता पठाएपछि रिसले आक्रोशित यात्रुहले नेपाल एयरलाइन्स क्षेत्रीय कार्यालयप्रमुखको कार्यकक्षमा ताला लगाएका हुन।
नेपाल एयरलाईन्सले हद गरेपछि अहिले गएर नेपालगंजका प्रमुख किरणमान श्रेष्ठको कार्यकक्षमा ताला लगाउन बाध्य हुम्ला यात्रु गोर्ख बहादुर शाहीले बताए ।
बिहानै १५ जना यात्रुहरुको बोडिङ पास दिएर सिमकोट उडान भर्ने तयारी गरेपनि पछि सो जहाज तीन जना बोकेर मुगुको ताल्चाका लागि उडान भएको थियो । त्यसपछि रुकुम हुँदै जहाजले काठमाडौं फिर्ता हुँदा यात्रुहरु निक्कै आक्रोशित भएको शाहीले बताए ।
नेपाल एइरलाईन्सले जथाभावी उडान भर्ने र यात्रुलाई दुख दिन थालिएपछि कार्यालय प्रमुखको कार्यकक्षमा ताला लगाउनुको बिकल्प नभएको बताए ।

 

प्रतिक्रिया दिनुहोस