कर्णालीमा सार्तौ पटक हिमपात, जनजीवन कष्टकर
माघ ६,२०७८
सिमकोट । हिमाली जिल्ला हुम्ला लगायतका कर्णालीमा बिहीबार देखि पुनः हिमपात सुरु भएको छ । यो हिमपात संगै तल्लो क्षेत्रमा वर्षा सातौं पटक भएको हो । बिहानैदेखि हिमपात हुँदा जनजीवन प्रभावित बनाएको छ । हुम्ला, डोल्पा, मुगु, जुम्लाका नागरिकको दैनिकी निकै कष्टकर बनेको यहाँका स्थानीय बासिन्दा जनाएका छन् । कर्णालीका बेसी तिर पर्ने जिल्लाहरु जाजरकोट, रुकुमपश्चिम र कालीकोट र दैलेखमा बर्षा भइरहेको छ ।
हिमपात र वर्षाल गर्दा कठ्याङ्ग्रिँदो चिसो बढ्दै गएको सिमकोट गाउँपालिका– ६ का कैलाश रोकायाले जनाकारी दिए । उनले बिहीबार बिहानैबाट हिमपात भएसँगै जमिन सेताम्मे पारेको बताउनु भयो । एकातिर मानिस र पशुपक्षि लाई समस्या बनाएको भने अर्को तिर हिमपात भएपछि किसान भने खुसी देखिएका छन्।
जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख अधिकारी गणेश आचार्यले हिमपातले हुम्लाका नागरिकको दैनिकी निकै कष्टघरपूर्ण जिवन बनाएको बताउनु भयो । उहाँका अनुसार हिमपातको समयमा जिल्लावासीलाई बाहिर नजान र लामो यात्रा नगर्न आग्रह गर्नु भएको छ। यसअघि भएको हिमपात माथि अझै हिउँ हिउँ थपिने क्रम जारी छ। लामो तथा छोटो दूरीका यातायात सञ्चालन हुन सकेका छैनन् । हवाई यातायात ठप्प छ । खाद्य तथा अन्य वस्तुको आयात रोकिँदा हिमाली बासिन्दाको दैनिकी समस्या बन्दै गएको छ । चिसोले हुम्ला, डोल्पा, मुगु र जुम्लाका धारामा बरफ जम्ने, पाइप फुट्ने, विद्युत्का पोल भाँचिने तथा तार चँुडिने समस्या बढेको त्यहाँका स्थानीयले बताएका छन् ।