चुनावबारे तीन दलका नेताबीच छलफल, गठबन्धनको बैठक भोलि

फिल्को मिसन

माघ ६,२०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्ता गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनावबारे छलफल भएको छ । समसामयिक विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । शीर्ष नेताको आजको भेटमा भोलि दिउँसो चार बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको छ । सत्तारुढ गठबन्धनको आजका लागि तय भएको बैठक स्थगित भने स्थगित गरिएको थियो । कोरोना संक्रमणमुक्त भएपछि अध्यक्ष नेपाल शीर्ष तहको भेटमा आजदेखि सहभागी भएका हुन् । बैठकमा स्थानीय चुनावका सन्दर्भमा कुराकानी भएको छ ।

प्रतिक्रिया दिनुहोस