कोरोरान अप्पेडेट : १२ हजार भन्दा बढिको कोरोना पुष्टि, थप ४ जनाको मृत्यु

फिल्को मिसन

माघ ६,२०७८
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा नेपाल भरि१२ हजार ३ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर २७ हजार ४ सय ९७ नमूनामा कोरोना परीक्षण गरिएको थियो । जसमा २१ हजार ७ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा १० हजार ५२ र ६ हजार ४ सय ९० एन्टिजेन परीक्षण गर्दा २ हजार २ सय ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा हालसम्म कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ९ लाख ९५ हजार ८ सय ८८ पुगेको छ । गत २४ घन्टामा देशभर थप ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ६ सय ४९ जना स्वस्थ भएका छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार नाघेको छ ।

प्रतिक्रिया दिनुहोस