कोरोना तेस्रो लहरः हुम्लामा पनि आठ जनामा पुष्टि

फिल्को मिसन

माघ ७,२०७८
सिमकोट । हुम्लामा कोरोना भाइरसको तेस्रो लहरको परीक्षणका क्रममा शुक्रबार पहिलो दिन आठ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालमा पहिलो दिन २८ जनालाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले जानकारी दिनु भयो ।
अग्रपतिमा खटिने जिल्ला अस्पताल हुम्लामा कार्यरत स्वास्थ्यकर्मी र सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्य सहित अस्पतालको सुरक्षामा खटिएका सुरक्षाकर्मी गरी २८ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको प्रमुख सिंहले बताए । आज ३ जना पुरुष र ५ जना महिलामा संक्रमण पुष्टि भएको छ भने संक्रमित हुनेमा ७ जना स्वास्थ्यकर्मी र १ जना सुरक्षाकर्मी रहेको प्रमुख सिंहले जानकारी गराउनु भयो । संक्रमित ८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला अस्पतालकी बरिष्ठ अनमि सरिता बोहराले बताईन । संक्रमितलाई सिमकोटस्थित आइसोलेसनमा राख्ने वा होम आइसोलेसनमा पठाउनेबारे छलफल भइरहेको उनले बताए । भोलिदेखि सदरमुकाम सिमकोटको मुख्य भिडभाड हुने स्थानमा तेस्रो लहरको कोरोना परीक्षण गरिने भएको छ । यस्तै संक्रमितहरुको सम्पर्कमा आएकाहरुलाई समेत कन्ट्याक ट्रेसिङ गरिने भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस