सरकारको ६ महिनाः प्रधानमन्त्रीको सम्बोधन (पूर्ण पाठ)

फिल्को मिसन

माघ ७,२०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको कार्यान्वयन, शान्ति सुरक्षाको प्रत्याभूति, विभिन्न पक्षसँग भएका सहमति कार्यान्वयन गर्ने प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व आफू नेतृत्वको सरकारको काँधमा रहेको भन्दै निर्वाचन तयारीका काम गर्न सबै सरोकारवालालाई आग्रह पनि गर्नुभयो । सरकारले निर्वाचन पुर्व तयारीको काम गरिरहेको पनि प्रधानमन्त्री देउवाले बताए ।
कोरोना महामारी सामना गर्नका लागि खोप नै प्रभावकारी माध्यम रहेको भनेर नै ६ महिना अघि आफूले सरकारको जिम्मेवारी सम्हाल्दा चैतसम्ममा खोप लगाउने योग्य सबैलाई खोप लगाउने प्रतिवद्धता जारी गरेको र अहिले पनि खोप अभियान जारी रहेको प्रधानमन्त्री देउवाको भनाइ रहेको थियो । प्रधानमन्त्री देउवाले आफ्नो सरकारले ६५ प्रतिशतलाई नागरिकलाई कोभिडविरुद्धको खोपका पूर्ण मात्रा र ७८ प्रतिशतलाई पहिलो मात्राको खोप दिएको बताउनुभयो ।
कोभिड रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय बनाइएको भन्दै उहाँले अर्थतन्त्र र सामाजिक कृयाकलापमा सकेसम्म काम असर पर्नेगरी व्यवस्था मिलाइने जानकारी उहाँले दिनुभयो । यस्तै, प्रधानमन्त्री देउवाले संवाद र सहमतिको माध्यमबाट संसद् सुचारु गर्ने पनि बताउनुभयो । सबै दलहरूसँग छलफलको माध्यमबाट सहमति जुटाएर नै विचाराधीन विषयहरूलाई निष्कर्षमा पु¥याउने उहाँले बताउनुभयो ।
सम्बोधनको पूर्ण पाठ :

pm deuba addresses in the name of nation.pdf – Google Drive

प्रतिक्रिया दिनुहोस