सत्ता गठबन्धनले निर्वाचनबारे आयोग र विज्ञसँग छलफल गर्ने

फिल्को मिसन

माघ ७,२०७८
काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गर्ने भएको छ।
सत्तारुढ पाँचदलीय गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह निर्वाचनबारे द्विविधा देखिएको उल्लेख गर्दै त्यसलाई प्रष्ट पार्न निर्वाचन आयोग र संविधानविद्हरूसँग छलफल गर्ने सहमति गरेको हो।
स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले कुन मितिलाई आधार मानेर स्थानीय तहको निर्वाचन गराउने भन्ने विषयमा द्विविधा देखिएकाले त्यसको निर्क्यौल गरेर अघि बढन निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गर्ने सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
उनले भने, ‘स्थानीय तहको निर्वाचन कसरी सम्पन्न गर्नेबारे छलफल भयो। संविधान र कानुनमा केही द्विविधा रहेकोले द्विविधालाई कसरी हटाउने भन्नेबारे छलफल भयो। स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले कुन निर्वाचनलाई सुरु मिति मानेर पाँच वर्ष पूरा भएको भन्ने अन्यौल रहेको छ।
बैठकमा आर्थिक रुपमा मितव्ययी हुने भन्दै तीन वटै तहको निर्वाचन एकैपटक गर्ने भन्ने विषयलाई प्रवेश गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस