आज सर्वदलीय बैठक बस्दै, निर्वाचन लगायतका विषयमा छलफल

माघ ८,२०७८ शनिबार
काठमाडौें । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न दिएको रायको समयसीमा गुज्रिँदै जाँदा सत्ता गठबन्धनमै सहमति नजुट्दा अन्यौल बढिरहेका बेला प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलसँग बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्न लागेका हुन् ।
बैठकमा संसद खुलाउने, स्थानीय तहको निर्वाचनको मिति तोक्ने, कोरोना महामारी लगायतका विषयमा छलफल हुने बताइएको छ । हिजो सरकारको ६ महिना कामको विषयमा जानकारी दिने क्रममा प्रधानमन्त्री देउवाले विज्ञहरूको सुझाव र रायपछि स्थानीय तहको मिति तोक्ने बताउनुभएको थियो ।