कर्मचारीहरूमा कोरोना पुष्टि हुँदा सेवामा कामकाज प्रभावित

फिल्को मिसन

माघ ८,२०७८ शनिबार
काठमाडौें । नेपालमा दैनिक रुपमा नागरिकहरूमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुन थालेको छ । कोरोना परीक्षण नगरेका तर मिल्दोजुल्दो लक्षण देखिएका नागरिकको सङ्ख्या त्यो भन्दा पनि बढि रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
सर्वसाधारण नागरिक, नीजि तथा सरकारी कार्यालयका कर्मचारी, नेताहरू तथा सरोकारवाला सबैलाई कोरोनाको सङ्क्रमण देखिँदा केन्द्र तथा जिल्ला तहका कार्यालयको कामकाज नै प्रभावित बनेको छ । हिजो देशभर १० हजार ७ सय ३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । अहिले देशभर नेपाल प्रहरीका झण्डै १ हजार, सशस्त्र प्रहरीका २ सय २६ र नेपाली सेनाका ३ सय १३ जना सङ्क्रमित भएका छन् । जिल्ला प्रशासन कार्यालयका कर्मचारीदेखि अदालत सम्मका कर्मचारीमा कोरोना देखिदा सेवा प्रवाहमा नै समस्या भएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।
उहाँका अनुसार नेपालमा पछिल्लो समय कोरोनाको तेस्रो चरणको कोरोना महामारीले गर्दा अधिकांश कर्मचारी र व्यक्तिहरूमा कोरोना सङ्क्रमण देखिन थालेपछि कामकाम प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस