शल्याक्रिया पछि आमा र बच्चाको मृत्यु,मृत्यक लाश उठेन

फिल्को मिसन

माघ ८,२०७८शनिबार
सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया पछि सुत्केरी आमा र बच्चा दुबै जनाको मृत्यु भएको छ ।
माघ ५ गते अप्रेशन गरेको केही समयपछि बच्चाको मृत्युभएको थियो भने शुक्रबार राति आमाको मृत्युभएको हो । अप्रेशन गरेको तीन दिन पछि सिमकोट गाउँपालिका वडा ५ का २१ वर्षीया टिका सार्कीको मृत्युभएको छ । घरमा बच्चा जन्माउन नसकेपछि जिल्ला अस्पताल हुम्लामा लिएर अप्रशेन गरेर बच्चा जन्माएको भएपनि आमा र बच्चा दुबै जनाको मृत्यु भएको मृत्यकका आफन्त धनसिंह सार्किले बताउनु भयो । माघ ५ गते बच्चाको मृत्युभएको हो छ भने आमाको शुक्रबार राती मृत्युभएको हो । मृत्र्यक सार्किको फोक्सोमा स्वास्वसको मात्रा कमभएकोले मृत्यु भएको जिल्ला अस्पताल हुम्ला श्रोतले बताएको छ।
सार्किले स्वास्थ्यमा समस्या देखिपछि जिल्ला अस्पताल हुम्लाले उद्धारको लागि हेलिकोप्टरको व्यवस्था गरेको थियो । राती भएकाले शनिबार विहान हेलिकोप्ट उद्धारका लागि स्टेनमा बसेपनि शुक्रबार राती मृत्युभएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।
जुम्ला जिल्लाको नच्दनाथ नगरपाली वडा ८ कोटीला माइत भई सार्किले एक वर्ष अगाडी हुम्लामा विवाह गर्नुभएको थियो । माइती पक्षले मृतक सार्किको शव उठाउन नदिएपछि अहिले जिल्ला अस्पतालमै रहेको छ ।
माइती पक्षले के कती कारणले आफ्नो छोरीको मृत्युभएको पत्ता नलाग्दा सम्म शव उठाउन नदिएर पोष्टमार्टम नभएर सार्किका परिवारले शव बुझ्न नमानेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले बताउनुभयो । उहाँका अनुसार माइती पक्ष आफै हुम्लामा आउने भन्ने कुरा आएपछि घरका पोइली पक्षले शव उठाउन नमानेको बताउनुभयो । मृतक सार्किको शव अहिले जिल्ला अस्पताल हुम्लामा रहेको छ ।
दुर्गम हुम्लाका महिलाले समयमै उपचार नपाउँदा अकालमै ज्यान गुमाउनु परेको छ । अप्रेशन गरेर बाच्न नसकेका सार्कि जस्तै कयौं महिलाले पिडा भोगी परेको छ । गएको पुष ३० गते जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका वडा ६ का गौगरा बत्यालको सुत्केरी भएको पाँच मिनेट पछि मृत्युभएको थियो । यहाँका महिलाहरुले उपचारको अभावमा कलिलै उमेरमा ज्यान गुमाउनु परिहेको छ ।

प्रतिक्रिया दिनुहोस