कर्णालीका मुख्यमन्त्री शाही निस्किए सडकमा , तपाईको मास्क खै ?

फिल्को मिसन

माघ ८ २०७८ शनिबार
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही ‘तपाईंको मास्क खै?’ भन्दै सडकमा निस्किएका छन्। शनिबार सुर्खेतको वीरेन्द्रनगरमा मुख्यमन्त्री शाही ‘तपाईंको मास्क खै?’ भन्दै सडकमा निस्किएका हुन्।
‘म पनि माक्स लगाउँछु, अरूलाई पनि माक्स लगाउन प्रेरित गर्छु’ भन्ने अभियानका साथ शनिबार बिहान ८ बजे राजधानी सुर्खेतको मंगलगढीबाट तपाईको मास्क खै ?’ अभियानको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले शुभारम्भ गरेका हुन् ।
मुख्यमन्त्री शाहीले कोरोना महामारीले देशभर आक्रान्त भएको र अनिवार्य मास्क लगाउन नागरिकहरुलाई आग्रह गरेका छन्। ‘हामीले सडकमा मास्क नलगाएर हिँडिरहेका धेरै जना देख्यौँ,’ उनले भने, ‘सबैलाई मास्क अनिवार्य लगाउन आग्रह गरेका छौँ।’
कोरोनाविरुद्ध खोप नलगाएका नागरिकलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउन पनि मुख्यमन्त्री शाहीले आग्रह गरेका गरेका थिए।

‘तपाईंहरुले खोप लगाउनुभएका छैन भने नजिकै खोप केन्द्रमा गएर खोप लगाउनु होला,’ उनले सडक भेटिएका नागरिकलाई भने,‘कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिलाई कोरोना संक्रमण भएपनि त्यति धेरै असर नगर्ने चिकित्सकले बताएका छन्। त्यसैले अनिवार्य खोप लगाउनुहोला।’ कर्णालीमा दिनयता कोरोना संक्रमण बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस