समन्वयको अभाव भएको भन्दै ओलीको पत्रकार सम्मेलन स्थगित
माघ ९,२०७८ आईतबार
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन तथा पछिल्लो राजनीतिक तथा आर्थिक संकटबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ। अध्यक्ष ओलीले आज गर्ने भनेको पत्रकार सम्मेलनमा समन्वयको अभाव देखिएको नेताहरु गुनोसो गरेका छन ।
एमाले प्रचार विभाग उपप्रमुख समेत रहेका केन्द्रीय सदस्य विष्णु रिजालले पत्रकार सम्मेलन गर्ने कि भनेर आन्तरिक छलफल भएपनि टुंगो नलागेको बताउनु भयो । कोरोना संक्रमणको जोखिम उच्च हुँदै गएपछि आज दिउँसो १ बजे गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको एमाले प्रचार विभाग उपप्रमुख रिजालले बताए । सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेकाले पत्रकार सम्मेलन स्थगित गरिएको रिजालको जानकारी गराउनु भयो ।