कोरोना अपडेढ : १७२१ सुरक्षाकर्मी संक्रमित
माघ ९,२०७८ आइतबार
काठमाडौं । कोरोना सङ्क्रमणबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरतमध्ये १ हजार ७सय २१ जनामा सङ्क्रमण पुष्टि भएको छ। कोरोना भाइरस चौतर्फी सङ्क्रमण बढदै गएपछि सुरक्षाकर्मीमा सङ्क्रमित सङ्ख्या बढ्दै गएको छ।चारवटा सुरक्षा निकायमध्ये पहिलो पङ्क्तिमा खटिने नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मीमा सबैभन्दा बढी ९सय ५५ जनामा कोरोना सङ्क्रमण देखिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सङ्क्रमितमध्ये ६० जनालाई विभिन्न अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।
नेपाली सेनामा कार्यरतमध्ये ४सय १० जनामा सङ्क्रमण देखिएको छ। जसमध्ये ४० जनाको अस्पतालमा उपचार भइरहेको छ भने अन्य सङ्क्रमितलाई आइसोलेसनमा राखिएको छ। त्यस्तै सशस्त्र प्रहरी बल नेपालमा कार्यरत २सय ७९ जनामा, राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएका छन । कोरोना सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनको काममा सुरक्षाकर्मीहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खटिँदै आएका छन्।