एमाले अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण

फिल्को मिसन

माघ ९,२०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार गरिएको उनको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ।
पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पती आफ्नो निवासमा नै आइसोलेसनमा छन्। ओलीलाई संक्रमण भएपछि आज गर्ने भनिएको पत्रकार सम्मेलन पनि स्थगित भएको छ। दुईपटक मिर्गौैला प्रत्यारोपण गरेका ओली विभिन्न संक्रमण पीडित भएका थिए। ओलीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण भएको छ।

 

प्रतिक्रिया दिनुहोस