राप्रपाको पदाधिकारी बैठक बस्दै

फिल्को मिसन

माघ ९, २०७८ आइतबार
काठमाण्डौ । निर्वाचन आयोगले विधानबाट राजसंस्था र हिन्दु राष्ट्र हटाउन निर्देशन दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारी बैठक बस्ने भएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आकस्मिक रुपमा बोलाइएको पदाधिकारी बैठकमा निर्वाचन आयोगको निर्देशन र अबको रणनीतिबारे छलफल हुने बताउनु भएको छ । निर्वाचन आयोगले हिजो राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विधानबाट हिन्दुराष्ट्र तथा राजसंस्थासहितको प्रजातन्त्र भन्ने वाक्यांश हटाउन तथा गाई चिह्न परिवर्तन गर्न निर्देशन दिएको थियो । राप्रपाले संशोधित विधान तथा केन्द्रीय कार्यसमितिको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
आयोगले नेपालको संविधानको धारा २ सय ६९ तथा राजनीतिक दल सम्बन्धी ऐन प्रतिकूल हुनेगरी विधानमा सनातन हिन्दु राष्ट्र एवम् राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश भएकाले त्यो हटाउन भनेको छ ।

 

प्रतिक्रिया दिनुहोस