अस्थायी प्रहरी पोष्ट हुम्लाको तुम्चामा राखियो

फिल्को मिसन

माघ ९गते २०७८
सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–१जैरको तुम्चा गाउँमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । मुगु र हुम्ला जिल्लाको सिमाना भए पनि प्रहरी चौकी नहुँदा समस्या भएको भन्दै स्थानीयले बारम्बार चौकी राख्न माग गर्दै आएका थिए । स्थानीय बासिन्दाको मागअनुसार शान्ति सुरक्षा कायम गर्न अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो।
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको विशेष पहलमा उक्त पोस्ट स्थापना गरिएको वडा अध्यक्ष गोकुल बुढाले जानकारी दिए। उनका अनुसार तुम्चाको बालुकुनामा अस्थायी प्रहरी पोष्ट स्थापना भएको बताए ।
हाललाई भाडाको घरमा प्रहरी पोष्ट सञ्चालनमा आएको छ। पोष्टको एक वर्षको घरभाडा गाउँपालिकाले व्यहोर्ने छ। प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले आवश्यक रहेको स्थानमा प्रहरी पोष्ट स्थापना भएको बताए। उक्त पोस्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा दस जना प्रहरी कार्यरत रहेका छन्।
गस्तीमा जान चारदेखि एक दिन पैदल लाग्ने गरेको प्रहरी नायब उपरीक्षक शर्माले बताए । अब प्रहरी पोष्ट स्थापना भएपछि जनता र सुरक्षाकर्मी दुवैलाई सहज हुने बताए।

प्रतिक्रिया दिनुहोस