सिमकोट हिमपातले रोकिएको जहाज आज उडान

फिल्को मिसन

माघ १०,२०७८ सोमबा
सिमकोट । हुम्लाको खाद्यन्न ढुवानी गर्दै आएको सिता एयरका दुई जहाज आइतबार सिमकोट विमानस्थलमै रोकिएको थिए । मौसम सुधार आयपछि सोमबार दिउँसो १२ बजे नेपालगञ्ज उडान भरेको विमानस्थल श्रोतले बताएको छ । खाद्यन्न ढुवानी गरी रहेका जहाज सिमकोट विमानस्थलमा अवतरण गरेपछि हिमपातका साथै बाक्लो कुहिरो लागेपछि रोकिएका हुन् । सुर्खेतबाट खाद्यान्न ढुवानी गरेर सिमकोट विमानस्थलमा अवतरण गरेलगत्तै हिमपात सुरु भएपछि सीता एयरका दुई वटा जहाज विमानस्थलमै रोकिएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले बताएको छ ।
दुवै जहाज अवतरण गरेलगत्तै बाक्लो हिउँ पर्न सुरु हुनु र कुइरो लागेपछि जहाजले उडान भर्न सक्ने अवस्था नरहेको नागरिक उड्डयन प्राधिकरण सिमकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस