राष्ट्रियसभा निर्वाचन: कुन दलले कति मत पाए मत ? (अन्तिम नतिजासहित)

फिल्को मिसन

माघ १२,२०७८
काठमाडौं । राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचनमा महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी ४३ उम्मेदवार सहभागी भएकामा १९ उम्मेदवार विजयी भएका छन् ।
ाष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट सत्तागठबन्धनका तीन जना उम्मेदवारहरू विजयी भएका छन् । सत्तागठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका राजेन्द्र लक्ष्मी गैरे, काँग्रेसबाट बाँकेका युवराज शर्मा, जनमोर्चाको तर्फबाट रुपन्देहीका तुल प्रसाद विश्वकर्मा विजयी हुनुभएको हो ।
यस्तै, बागमती प्रदेशतर्फको दुवै सिटमा सत्तारुढ गठबन्धन विजयी भएको छ । निर्वाचन परिणाम अनुसार गठबन्धन दलका तर्फका उम्मेदवार नेकपा एसका गोमादेवी तिमल्सिना र अन्यमा काँग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी हुनुभएको हो । सुदूरपश्चिमबाट महिलातर्फ नेकपा एकीकृत समाजवादीको तर्फबाट गरिमा शाह (मदनकुमारी शाह) निर्वाचित हुनुभएको छ । आज दिउँसो भएको मतगणना अनुसार उहाँले प्रदेशसभाको ३९ र स्थानीय तहको १०९ जनप्रतिनिधिको मत प्राप्त गर्नुभएको छ ।
उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशसभाका १२ र स्थानीय तहका ६४ जनप्रतिनिधिको मत प्राप्त गर्नुभयो । यस्तै, प्रदेश १ बाट महिलातर्फ जयन्ती राई निर्वाचित हुनुभएको छ । यस्तै, प्रदेश १ बाट राष्ट्रियसभा सदस्यमा नेकपा एमाले उम्मेदवार सोनाम गेल्जेन शेर्पा पनि निर्वाचित हुनुभएको छ ।
गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा अल्पसङ्ख्यक कोटाबाट निर्वाचित हुनुभएको हो । आज राष्ट्रिय सभाका १९ सिटका लागि निर्वाचन भएको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २ हजार ७ मतदाता मतदानमा सहभागी भएको जानकारी दिनुभयो ।
सातै प्रदेश सदरमुकाममा रहेका मतदानकेन्द्रहरूमा मतदान कार्य उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको शर्माले बताउनुभयो । निर्वाचनमा ९ राजनीतिक दलका ४३ जना उम्मेवदावरहरूबीच प्रतिस्पर्धा भएको थियो । राष्ट्रिय सभा निर्वाचनको मतपरिणाम आजै सार्वजनिक गर्ने तयारीमा आयोग लागेको छ ।

प्रतिक्रिया दिनुहोस