नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार

फिल्को मिसन

माघ १२,२०७८
काठमाडौं । नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । आज केन्द्रीय तथ्यांक विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।
विभागका अनुसार महिलाको जनसङ्ख्या एक करोड ४९ लाख एक हजार १ सय ६९ र पुरुषको जनसङ्ख्या एक करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको छ । प्रारम्भिक विवरण अनुसार विदेशमा रहेका नेपालीको जनसङ्ख्या २१ लाख ६९ हजार ४ सय ७८ रहेको छ ।
नेपालमा जम्मा परिवार सङ्ख्या भने ५६ लाख ४३ हजार ९ सय ४५ रहेको छ । जनसङ्ख्याको वृद्धिदर शून्य दशमलव ९३ रहेको बिभागले जनाएको छ । विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार २०७८ सालको जनगणनाको विस्तृत तथ्याङ्क आउन भने ६ महिना लाग्ने छ । विभागले भदौ ३० गतेदेखि असोज १८ सम्म घर तथा घर–परिवारको सूचीकरण तथा कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरेको थियो । मधेश प्रदेश सबैभन्दा धेरै जनसङ्ख्या हुने प्रदेश बनको छ ।
प्रारम्भिक तथ्यांक अनुसार मधेश प्रदेशको जनसङ्ख्या ६१ लाख २६ हजार २८८ पुगेको छ । त्यसपछि बागमती प्रदेश सबैभन्दा धेरै जनसङ्ख्या रहने प्रदेश बनेको छ । तथ्याङ्क अनुसार बागमती प्रदेशको जनसङ्ख्या ६० लाख ८४ हजार ४२ पुगेको छ ।
यसअघि २०६८ सालमा गरिएको जनगणनामा बागमतीको जनसङ्ख्या ५५ लाख २९ हजार ४ सय ५२ थियो । जनगणनाको प्रारम्भिक विवरण अनुसार पुरुष भन्दा महिलाको सङ्ख्या ६ लाख बढी महिला रहेको देखिएको छ ।
नेपालमा पुरूषको सङ्ख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको सङ्ख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको विभागले जनाएको छ । नेपालको जनसंख्या वृद्धिदर ० दशमलव ९३ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस