जेठमहिनामा भित्र स्थानीय चुनाव गर्न सत्तारूढ गठबन्धन दल सहमत

माघ १५,२०७८शनिबार
काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र गर्न सत्तारुढ गठबन्धन सहमत भएको छ।
आज दोस्रो पटक बसेको सत्तारुढ दलको बैठकले जेठभित्र स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवामार्फत सरकारलाई सुझाव दिएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको गठबन्धनको बैठकले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न र निर्वाचन आयोगसंग छलफल गरेर मिति तोक्न प्रधानमन्त्री मार्फत सरकारलाई सुझाव दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
बैठकपछि कांग्रेस केन्द्रीय सदस्य तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्न दलहरू सहमत भएको जानकारी दिए।
निर्वाचन आयोग लगायत निकायबाट स्थानीय तहको चुनावको मिति तोक्न ताकेता भइरहेका बेला गठबन्धनले जेठभित्र निर्वायच गर्ने निर्णय गरेको हो ।