चुनाब गराउन दबाब दिने गरि आन्दोलनमा लाग्न एमाले अध्यक्ष ओलीको आग्रह

फिल्को मिसन

माघ १५,२०७८शनिबार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्र भइरहेको भन्दै चुनावका लागि सरकारलाई बाध्य पार्नेगरी आन्दोलनमा उत्रिन भ्रातृ संगठनहरुलाई निर्देशन दिनुभएको छ ।
अध्यक्ष ओलीले आज पार्टीका केही नेता र जनसंगठनका प्रमुखहरुलाई बोलाएर स्थानीय तहको चुनावका लागि दबाबमूलक आन्दोलनको तयारी गर्न निर्देशन दिनुभएको हो । चुनाव नगर्ने विषय निकै संवेदनशील भएकाले यसलाई सामान्य रुपमा लिन नहुने ओलीको भनाइ थियो ।
एमाले संगठन विभागका प्रमुख खगराज अधिकारी, जनसंगठन समन्वय संयन्त्रका इन्चार्ज भानुभक्त ढकाल, युवा नेताहरू गोकुल बास्कोटा, महेश बस्नेत, माधव ढुंगेल लगायत जनवर्गीय संगठनका नेताहरूसँगको छलफलमा अध्यक्ष ओलीले सशक्त आन्दोलनमा उत्रिन निर्देशन दिनुभएको हो ।
सत्ता गठबन्धन स्थानीय चुनाव नगर्ने र संविधान मिच्ने काममा खुलेआम लाग्दा पनि एमालेका जनवर्गीय संगठनहरुले सशक्त प्रतिवाद नगरेको भन्दै अध्यक्ष ओलीले असन्तुष्टि पोखेका छन ।

प्रतिक्रिया दिनुहोस