स्वाद र स्वास्थ्यका लागि किरा-फट्याङ्ग्राको व्यापार बढ्यो

फिल्को मिसन

माघ १५,२०७८ शनिबार

एजेन्सी । जापानमा किरा त पहिलेदेखि नै खाँदै आइएको हो तर अब यी किराको व्यापार ह्वात्तै बढेको छ । एक त किरामा पाइने पोषक तत्वका कारण यहाँ जागरुक छ त्यसमा पनि किरामा पाइने प्रोटिकको प्रयोग पर्यावरणका लागि राम्रो मानिन्छ ।

जापानमा किरा ऐतिहासिक रुपमा खानपानको एक हिस्सा अन्तर्गत पर्दछ । नेपालमा कुल्फी आइसक्रिम जसरी यहाँ बालबालिकाका लागि गुलियो पदार्थमा बेरेर गाउँ–गाउँ डुलाउने गरिन्छ । यस्ता बजारमा ठूला कम्पनीहरुले पनि चासो देखाउन थालेका छन् । ठूलो मात्रामा ती कम्पनीहरु किरा–फर्म नै तयार गर्न लागि रहेका छन् । साथै यसको बजारीकरणका बारेमा पनि ती कम्पनी तयारी गरिरहेको बताइएको छ ।

जापानका ठाउँठाउँमा यस्ता विशेष पसलहरुमा साङ्ला, माकुरा र अन्य किरा फट्याङ्ग्रा पाइने गरेका छन् । ग्राहक आकर्षित गर्न रेष्टुरेन्टहरुमा किरा फट्याङ्ग्राबाट बनेका खानाहरुको विशेष सजावट गरिएको पाइन्छ ।

तोकुसिमा विश्वविद्यालयमा बायोलोजीका प्रोफेसर ताकाहितो वतनाबेले सन् २०१९ मा ग्रिलस नाममा एक फूड टेक्नोलोजि कम्पनी स्थापना गरेका थिए । यो कम्पनी फट्याङ्ग्रा पाल्थ्यो र यसको परिकार बनाउँथ्यो । प्रोटिन खेर नजान र स्वास्थ्य खाना उपलब्ध गराउन यो कम्पनीले विशेष तयारी खानाको व्यवस्था गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस