कोरोना अपडेढ :८३ हजार ९९९संक्रमण पृष्टि र ३२ जनाको मृत्यु

फिल्को मिसन

माघ १६,२०७८ आईतबार
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । अहिले सम्म देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ९सय९९ जना संक्रमित रहेको छन ।
कस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राले नियमित जानकारी दिने क्रममा बिगत ४ दिन यतादेखिको समेत विवरणहरू अद्यावधिक गरेका कारण मृत्यु हुनेको सङ्ख्या बढेको जानकारी दिनुभयो । प्रवक्ता डा. मिश्राका अनुसार मृत्यु हुनेमा वीरेन्द्र अस्पतालमा १२ जनाको र बाँकी २० जना विभिन्न अस्पतालबाट गत बिहीवारदेखि आजसम्मका सङ्क्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ६ हजार ३५९ जना सङ्क्रमणमुक्त भएका छन् । उनका अनुसार ९ हजार ९सय १० पीसीआर परीक्षण गर्दा तीन हजार ४९ जनामा र ३ हजार २सय ३५ एन्टिजेन परीक्षण गर्दा ४सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो छ । पछिल्लो २४ घण्टाको कूल पीपीआर परीक्षण गर्दा ३० दशमलव ८ संक्रमण दर रहेको छ ।

प्रतिक्रिया दिनुहोस