हराएको २४ लाख डोज खोप खोज्न बनायो छानबिन समिति

माघ १६,२०७८ आइतबार
काठमाडौं । कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको बिषयमा खोज्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप हराएको विषयमा छानविन गर्न ५ सदस्यीय समिति बनाएको हो ।
मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यी छानविन समिति गठन गरिएको छ । समितिमा प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा. अभियान गौतम र सदस्य सचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा छन्।
खोप अभिलेख विवरण अध्यावधिक गरी दुई हप्ताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ । कोरोनाविरुद्धको खोप अभियानका क्रममा २४ लाख मात्रा खोप हराएको छ ।