स्पष्ट अर्थनीति नहुँदा समस्या भएको अर्थमन्त्री शर्माको भनाइ

फिल्को मिसन

माघ १६,२०७८ आइतबार
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज अर्थविद्हरू सँग छलफल गर्नुभएको छ । आज मन्त्रालयमा भएको छलफलमा उहाँले संविधान बमोजिम मुलुकको स्पष्ट अर्थनीति नहँुदा अहिले अर्थतन्त्रमा विभिन्न समस्या देखा परेको बताउनुभयो ।
मन्त्री शर्माले विकासमैत्री संरचना तथा विकासमैत्री नीतिहरूको अभाव देखिदा विकासमा बाधा उत्पन्न हुने बताउनुभयो । राजनैतिक दलहरूमा मुलुकलाई सुहाउँदो स्पष्ट अर्थनीति वा खाका बनाउनेबारे सहमति नहुँदा सरकारसँगै नीति परिवर्तन गरिरहनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । छलफलमा विज्ञहरूले तथ्याङ्कका आधारमा मुलुकको अर्थतन्त्र धरासायी भइनसकेको बताएका थिए । यसैगरी मन्त्री शर्मालेसंविधान बमोजिम मुलुकको स्पष्ट अर्थनीति नहुनुका कारण अहिले अर्थतन्त्रमा विभिन्न समस्या देखा परेको बताए। सबै समस्याहरुको जड राजनीति भएको उल्लेख गर्दै उनले राजनीतिक दलहरुमा सहमतिको आवश्यकता औँल्याए।
राजनीतिक दलहरुमा मुलुकलाई सुहाउँदो स्पष्ट अर्थनीति वा खाका बनाउने बारे सहमति नहुँदा सरकारसँगै नीति परिवर्तन गरिरहनुपर्ने अवस्था रहेको शर्माको भनाइ थियो। ‘वास्तवमा अर्थतन्त्रमा देखिएका विभिन्न समस्याहरुको मूल समस्या भनेको राजनीतिक क्षेत्रको समस्या हो’, उनले भने, ‘नेपालको सन्दर्भमा संघीय लोकतान्त्रिक गणतन्त्रको मूल अर्थतनीति यो हो भन्ने कुराको स्पष्ट राजनीतिक खाका आवश्यक छ।’

विदेशी मुद्रा सञ्चितिका लागि भुक्तान सन्तुलन नभएसम्म आयातमा गरिएको कडाइलाई निरन्तरता दिन पनि उहाँहरूको सुझाव थियो । यस्तै कृषि उत्पादकत्व बढाउने, अनुत्पादक क्षेत्रको कर्जा प्रवाहलाई निरुत्साहन गर्ने, संरचनागत सुधार गर्ने लगायतका सुझाव समेत विज्ञहरूले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस