एमसीसी परियोजनाको बारेमा सत्ताधारी दलविच विभाजित

फिल्को मिसन

माघ १७,२०७८ आइतबार
काठमाडौं । अमेरिकी सहयोग सम्बन्धी परियोजना (एमसीसी) संसदबाट पारित गर्ने वा नगर्ने भन्ने बारेमा सरकारमा रहेका राजनीतिक दलहरू विभाजित भएका छन् ।
काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी परियोजना संसदबाट पारित गर्नुपर्ने पक्षमा छन ।
सत्ताधारी दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी लगायतका दलहरू तत्काल संसदबाट पारित गर्ननहुने पक्षमा देखिएका छन् । एमसीसी परियोजनाको बारेमा अध्यन गर्न गठित कार्यदलमा पनि फरकफरक धारण राखेका छन ।
कार्यदलका सदस्य तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी परियोजना पारित गर्ने बारेमा कुनै सहमति नभएको बताए । कार्यदलका सदस्य तथा काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजना पारित गर्ने बारेमा सत्ताधारी दलमा सहमति भएको दावी गर्दै आएका छन । प्रधानमन्त्री देउवालले एमसीसी पारित गराउन साथ नदिएको खण्डमा गठबन्धनमा समस्या आउने छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका नेताहरूले भने गठबन्धन टिकाउनको लागि एमसीसी परियोजना पारित गर्न नसकिने बताउँदै आएका छन् ।
तर प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसामू सभामुख अग्नि सापकोटालाई हटाए प्रतिनिधिसभाको अवरोध खोल्ने र अमेरिकी सहयोग परियोजना, मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न सघाउने खुलासा गरेका छन । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी नेता ओली विच पुस महिनाको २४गते गोप्फे भेटमा माग राखेको थिए ।

प्रतिक्रिया दिनुहोस