अदानचुलीमा २१दिन देखि इन्टरनेट सेवा अवरुद्
माघ १७,२०७८ सोमबार
सिमकोट । मुगुको सोरु गाउँपालिका वडानं ६को पोख्क्रीरीनको पानाी ढुङा स्थिती रहेको वल्र्ड लिंक कम्युनिकेशनले वितरण गरेको टावरमा खराबी आउंदा इन्टरनेट सेवा अवरुद्घ भएको छ । मुगुको सोरु गाउँपालिका र हुम्लाको अदनचुली गाउँपालिका इन्टरनेट सेवाग्राही लाई समस्या बनाएको छ । वल्र्डलिंकको टावरमा खराबी आउँदा झण्डैं २१ दिन देखि इन्टरनेट सेवाले काम गर्न छोडेको बताएको छन ।
मुगुको सोरु गाउँपालिका वडानं २,३,४,९,१०,११वडामा र हुम्लाको अदनचुली गाउँपालिका ६वटै वडामा सन्चार विछेद बनाएको छ । त्यसै गरि बैंक तथा वित्तीय संस्था, स्वास्थ्य संस्था, सामुदायिक विद्यालयमा काम गर्न समस्या बनाएको छ । इन्टरनेट सेवा नहुँदा बैंकमा दिनहुँ बैंकिङ कारोबार ठप्प हुनुका साथै लाभान्वित सेवाग्राहीलाई भुक्तानी दिन नसकेको ग्लोबल आइएमई बैंकले जनाएको छ।
गाउँपालिकामा सञ्चारको माध्यामका रूपमा रहेको ग्रामीण रेडियो श्रीनगरलाई समेत इन्टरनेट नहुँदा समाचार समस्या बनाएको रेडियोका प्राविधिक मोतीलाल महताराले बताए । अवरुद्ध भएको वल्र्डलिंक मर्मतका लागि गमगडी बाट वल्र्डलिंक कम्युनिकेशनल लिमीटेडका मुगुका प्राविधीक प्रमोध कुमाल जाने तयारी भएरहेको महताराले बताउनु भयो । गमगडी बाट सोरु गाउँपालिकाको पोख्क्रीरीनको पानी ढुङा सम्म पुग्न ५ घण्टाको समय लाग्ने बताए ।
वल्र्डलिंक कम्युनिकेशनल टावरमा जडित डिभाइस र व्याट्रीमा समस्या आएको हुन सक्ने संकेत गरेका छन । नेट सेवा नहुँदा नेटजन्य सेवाहरूबाट स्थानीयबासी बञ्चित भएका छन् ।