कोरोनाअपडेटः पाँच हजार बढी नयाँ सङ्क्रमित, ८ जनाको मृत्यु

माघ १७,२०७८सोमबार
काठमाडौं । नेपालमा थप ५ हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा गत २४ घन्टामा १६ हजार ८८ कोरोना परीक्षण गर्दा ५ हजार २ सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
जसमा १० हजार ३ सय ६८ आरटी पिसिआर विधिबाट ३ हजार ४ सय ७२ जना र ५ हजार ७ सय २० एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ८ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ९ लाख ५३ हजार ९ सय १३ र १ लाख २८ हजार ७ सय ५५ जनामा एन्टिजेन विधिबाट कोरोना पुष्टि भएकोे छ ।
यस्तै पछिल्लो समय नेपालमा कोरोनाका नयाँ सङ्क्रमित थपिनेभन्दा निको हुनेदर बढ्न थालेको छ । मन्त्रालयका आज मात्रै देशभर ८ हजार १ सय ९१ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख ६२ हजार ८ सय ९८ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर थप ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कराण मृत्यु हुनेको सङ्ख्या ११ हजार ७ सय ४३ पुगेको छ ।