निर्वाचन घोषणा नगरे आन्दोलनमा जाने अनेरास्ववीयुको चेतावनी
माघ १७,२०७८ सोमबार
सिमकोट । नेकपा एमालेको भ्रातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई चेतावनी दिएको छ।
प्रमुख प्रतिपक्ष दल एमालेको हिजै स्थानीय तहको निर्वाचको लागि अल्टिमेटम दिएपछि अनेरास्ववीयु हुम्लाले पनि सोमबार एक प्रेस विज्ञप्ती निकालेको छ । पाँच दलिय सत्ता गठनबन्धको परमादेशी सरकारले स्थानीय तहको निर्वाचनलाई धकेल्न खोजेको अनेरास्ववीयु हुम्लाको आरोप लगाएका छन । सरकार निर्वाचनबाट पछाडि हटे अनेरास्ववीयले देशभर आन्दोलन गर्नुका साथै लाखौं नेपाली जनतालाई एकपटक सडकमा उतार्न बाध्य बनाएको अनेरास्ववियूका जिल्ला अध्यक्ष जयराज सन्ज्याले बताए ।mत्यस्तै, महँगी, भ्रष्टाचार, किसान आन्दोलनमाथिको दमन, खस्किदो अर्थतन्त्रलगायतका विषयलाई समेत समेटेर चुनाव घोषणा गर्न माग गर्दै जिल्ला सदरमुकाम घेराउ गर्ने र प्रमुख जिल्ला अधिकारीहरूलाई ज्ञापनपत्र बुझाउने केन्द्र पार्टीको निर्णय अनुसार आफुले गरेको बताए ।स्थानीय तहका पदाधिकारीको पाँच वर्षे पदावधि ५ जेठ २०७९ मा समाप्त हुँदै छ ।